Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा संवैधानिक इजलासको पहिलो नम्बरमा

    गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा संवैधानिक इजलासको पहिलो नम्बरमा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 672
    SHARES

    काठमाडौं । नागरिकता विवादमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा संवैधानिक इजलासको पहिलो नम्बरमा पेसीमा चढेको छ ।

    उक्त रिटको सुनुवाइ सर्वोच्च अदालतका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा हुन लागेको हो । कार्कीका साथ इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र अनिलकुमार सिन्हा रहेका छन् ।



    अमेरिकाको नागरिकता र पासपोर्ट लिएकै समयमा नेपालको समेत नागरिकता र पासपोर्ट प्रयोगमा ल्याएको तथा अमेरिकाको नागरिकता त्याग गरेको निस्सा नबुझाई पुरानो नेपाली नागरिकता प्रयोग गरेको भन्दै लामिछाने र उनको सांसद पदसमेत खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।



    युवराज पौडेल (सफल) र अधिवक्ता रविराज बसौलासमेतले गत मङ्सिर २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेको नागरिकता प्राप्ति र उनको सांसद पदको शपथ संविधान अनुसार नभएको भन्दै ती दुवै खारेज गर्न रिट दर्ता गराएका थिए ।

    विदेशी नागरिकता त्याग्नु भन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ ।

    आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ । यदि आज अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ । अन्तरिम आदेश जारी नहुँदा उनको पद यथास्थितिमै रहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार