Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जीबी र रविलाई पक्राउ गर्न माग गर्दै पोखरामा सहकारी पीडितहरुको प्रर्दशन

    जीबी र रविलाई पक्राउ गर्न माग गर्दै पोखरामा सहकारी पीडितहरुको प्रर्दशन

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 579
    SHARES

    पोखरा । पोखराका ६ वटा सहकारीका पीडितहरुले सहकारी ठगीमा संलग्न जीबी राई र गृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

    सहकारीका बचतकर्ताले पोखराका ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन गरेको भन्दै उनीहरुलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।



    सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार पोखरामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।



    प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ। देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    विगतमा जीबी राई नेतृत्वको सहकारीबाट हालका गृहमन्त्री रवि लामिछाने पनि शेयर सदस्य भएको टेलिभिजनमा गैरकानुनी रुपमा रकम लगिएको देखिएकाले जीबी राईलाई गृहमन्त्रीको संरक्षणमै रहेको पीडितहरुले आरोप लगाए । पोखराको सूर्यदर्शन सहकारीले मात्र १८ हजार ७०० जनाको १ अर्ब ३५ करोड रुपैयाँ बचत अपचलन गरेको अनुसन्धान प्रतिवेदन छ ।

    १ अर्ब ११ करोड रुपैयाँ बिगो माग दाबी गर्दै सञ्चालक र उच्च पदस्थ कर्मचारीविरुद्ध अदालतमा मुद्धा दायर भएको छ । प्रदर्शनमा सहभागी सहकारी पीडितहरुले सुप्रिमका बचतकर्ताको रकम गैरकानुनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा २ करोड रकम गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएपनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका छन् ।

    सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    सहकारीमा १० हजार बढी बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    प्रहरी अनुसन्धानअनुसार सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १३ करोड ६ लाख रुपैयाँ सारिएको छ भने लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार