Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • दलहरुलाई गृहमन्त्री लामिछानेको चेतावनी – मौन अवधिको समयमा आर्थिक चलखेल नगर्नू

    दलहरुलाई गृहमन्त्री लामिछानेको चेतावनी – मौन अवधिको समयमा आर्थिक चलखेल नगर्नू

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 243
    SHARES

    इलाम। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन्।

    गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा बोल्दै मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिएका हुन् ।



    गृहमन्त्री लामिछानेले भने,‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला । खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् । अधिकार र शक्तिको दुरुपयोग गरेर उम्मेदवारलाई जिताउनु छैन । मिलन लिम्बुलाई जिताएनन् भने पनि जनता जिन्दावाद ।’



    निर्वाचन आचार संहिताको पालना गर्न लामिछानेले आग्रह गरे । आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताए ।

    १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।

    चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे उच्च मूल्यांकन हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार