Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सहकारी ठगहरूको सम्पत्ति कब्जा गरेर भएपनि पीडितको रकम फिर्ता गराउँछु : गृहमन्त्री लामिछाने

    सहकारी ठगहरूको सम्पत्ति कब्जा गरेर भएपनि पीडितको रकम फिर्ता गराउँछु : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 288
    SHARES

    इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर पीडितलाई बचत फिर्ता दिने बताएका छन्।

    इलाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले सहकारी ठगीको समस्या समाधान गर्नको लागि चाँडै कानून ल्याउने तयारी भइरहेको बताए।



    गृहमन्त्री लामिछानेले कानुन संशोधन गरेर सहकारी पीडितलाई न्याय दिने पहल सुरु गरिसकेको दाबी गरे ।



    गृहमन्त्री लामिछानेले भने, ‘आज सहकारी र लघुवित्तको समस्या आएको छ, यो राष्ट्रिय स्वतन्त्र पार्टी आएको डेढ वर्षमा जन्मिएको समस्या होइन। यिनले जन्माएको समस्या हो। यही समस्यालाई देखाएर जनतालाई झुक्क्याएर हामीलाई गलत तरिकाले व्याख्या गरेर आफ्नो राजनीतिको रोटी सेकाउने काम गरिरहेका छन्। उनीहरू व्यक्तिलाई आरोप लगाउँदै हिँड्छन् तर समाधान दिँदैनन्। हामी समाधानको उपाय लिएर आएका छौँ।सरकारले चाँडै नै कानून बनाएर सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर त्यो बेचबिखन गरेर सम्पूर्ण पीडितहरूलाई दिने काम चाँडै गर्छौ।’

    अर्काको नाममा सम्पत्ति राख्ने र कानुनबाट उन्मुक्ति पाउनेहरूको सम्पत्ति जफत गरेर पीडितलाई नदिएसम्म आफू राजनीतिबाट नहराउने उनको भनाइ छ । उनले कांग्रेस सरकारमा हुँदा आफूलाई फसाउनेको लागि धेरै प्रयास गर्दा पनि कुनै प्रमाण नभेटेपछि मिडियाको प्रयोग गरेको दाबी गरे।

    गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताए । लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरुले आफूहरुलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरे ।

    अहिलेसम्म जसजसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै लामिछानेले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार