Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए सत्तामा टाँसिएर बस्दैनौँ : गृहमन्त्री लामिछाने

    राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए सत्तामा टाँसिएर बस्दैनौँ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 393
    SHARES

    इलाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् ।

    इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।



    डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको गृहमन्त्री लामिछानेको भनाई छ ।



    गृहमन्त्री लामिछानेले भने, ‘काम गर्न नसकेको दिनमा, काम गर्न नपाएको दिनमा सरकारमा टाँसिएर झुन्डिएर बस्ने हाम्रो स्वभाव होइन । काम गर्न पाइएन भने डेट मात्र लेख्न मिल्ने गरेर राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ हामी सबै मन्त्रीहरू । जुको टाँसिएझैँ टाँसिने र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको हुँदैन ।’

    गृहमन्त्री लामिछानेले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने पनि बताए ।

    आफ्नो पार्टीका उम्मेदवार मिलन लिम्बुविरुद्ध परिचालित मान्छेले अफवाह फैलाइरहेको गृहमन्त्री लामिछानेको भनाई छ । उनले सबै अफवाहको जवाफ दिइराख्नु नपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार