Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेले भने – सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म विश्राम लिन्नँ

    गृहमन्त्री लामिछानेले भने – सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म विश्राम लिन्नँ

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 342
    SHARES

    फाइल तस्विर

    इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् ।

    इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताए ।



    गृहमन्त्री लामिछानेले भने,‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ। सञ्चालकको जायजेथा बिक्री गर्न कानून अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ।’

    रास्वपाका सभापति समेत रहेका लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पूराना दलहरुले आफूहरुलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार