Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 2.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी गराएका हुन् ।

    विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट पारेका छन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी ओली समूहका हुन् ।



    आर्थिक मामला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पुष्टि गरे ।



    नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व यो प्रदेशमा रहेको छ । यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार