Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ ।

आज दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७' सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची तय गरिएकाे छ।

त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका तर्फबाट राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ।

१७ गतेको बैठकमा विभिन्न पार्टीका शीर्ष नेताले प्रतिनिधि सभा विघटन गरिएकोमा प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरेका थिए। पुस १७ गते सुरु भएको सातौं अधिवेशनको आज दोस्रो बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077