Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माल्टा–नेपाल संसदीय मैत्री समूह गठन

काठमाडाैँ । गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ।

नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

गठित संसदीय मैत्री समूहमा माल्टाका तर्फबाट गणतन्त्र माल्टाका प्रतिनिधिसभाका सांसदहरु डेभिड एगिएस, क्रिस फिअर्न, एडवर्ड ज्यामीट र रोबर्ट क्याटाजार सदस्य रहेका छन्। संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन गरिएको नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए।

युरोपेली युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसअघि माल्टामा माल्टा–नेपाल मैत्री समाज एवं माल्टा–नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको राजदूत सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077