Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बिरामी पत्नी लिएर भारत गएका प्रचण्डलाई गोकुलले लगाए यस्तो आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्कोटाले पत्नीको उपचारका लागि भारत गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राजनीतिक भेटघाट गर्नसक्ने आशंका गरेका छन्।

पूर्व सञ्जार मन्त्रीसमेत रहेका नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत भारत रहँदा प्रचण्डले राजनीतिक भेटघाट गर्न सक्ने आशंका व्यक्त गरेका हुन्। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड गत सोमवार भारतको मुम्बई गएका थिए।

नेता बाँस्कोटाले कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुनेर प्रचण्ड फर्किएमा राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने बताएका छन्।

‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको उपचार सफल होस्, शुभकामना । तर, कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दाहाल फर्के भने राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने निश्चित छ,’ नेता बाँस्कोटाले ट्विटरमा लेखेका छन्।

पत्नीको उपचारका लागि भारत रहेका प्रचण्डले कुनैपनि राजनीतिक भेटघाट नगर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077