Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजालाई फाल्ने जनताले अब ओलीलाई पनि फाल्छन् : डा. के.सी

काठमाडौँ । चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले वर्तमान सरकारकाे पछिल्लाे रवैयालाई कटाक्ष पाेखेका छन्।

उनले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली 'श्री ७' महाराजको जस्तो भएको बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा माइतीघरमा शनिबार आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताए ।

'ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ । जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्,' डा। केसीले थपे,'सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गर्नु, संविधानको रक्षा गर्नु जनताको कर्तव्य हो ।'

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने डा= केसीको भनाइ थियो । जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077