Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य भएको छ ।

पुष १७ गतेदेखि शुरु भएको राष्ट्रिय सभाको अधिवेशन आजबाट अन्त्य भएको हो । आजको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेको पत्र पढेर सुनाएका थिए ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को मिति ७७ पुस २६ गतेको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन २०७७ साल पुस २६ गते आइतवार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सभाकोअधिवेशनमा सरकारले जारी गरेका ७ वटा अध्यादेश समेत पेश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077