Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि सभा विघटन सम्बन्धमा कुनै छलफल भएको छैन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतको बिहीबार बसेको आकस्मिक पूर्ण बैठकले अदालतमा पूर्वन्यायाधीश बलिराम कुमारको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्नेबाहेक कुनै पनि विषयमा छलफल नगरेको जनाएको छ ।

अदालतका प्रवक्ता भद्रकाली पोखरलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यही पुस २३ गते सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकमा पूर्वन्यायाधीशको निधनप्रति शोक प्रस्ताव पारित गर्नेबाहेक अन्य कुनै विषयमा छलफल नभएको उल्लेख छ ।

पूर्वन्यायाधीश कुमारको यही पुस २१ गते असामयिक निधनमा शोक प्रस्ताव पारित तथा समवेदना व्यक्त गर्न आकस्मिक पूर्ण बैठकमा सङ्घीय संसद्को प्रतिनिधिसभा विघटनउपर गरेका रिट निवेदनको सुनुवाइको सम्बन्धमा कुनै छलफल नभएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा छलफल नै नभएको विषयमा न्यायाधीशहरुबाट विभिन्न धारणा व्यक्त भएको भन्ने समाचारप्रति अदालतले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077