Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मलेसियामा कोरोना नियन्त्रणका लागि संकटकाल घोषणा

    मलेसियामा कोरोना नियन्त्रणका लागि संकटकाल घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २८ पुष २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । मलेसियाले कोरोना भाइरसको महामारी रोक्नका लागि संकटकाल घोषणा गरेको छ ।

    मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् । दरबार स्रोतका अनुसार याे संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुुकुलो पनि हुनसक्ने छ ।



    संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ । र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन् । सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन् । त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयल ठूलो झट्का दिएको छ ।



    ‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड-१९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार