Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मलेसियामा हत्याको अभियोगमा ३ नेपाली पक्राउ

    मलेसियामा हत्याको अभियोगमा ३ नेपाली पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 4.5K
    SHARES

    काठमाडाैँ । मलेसियामा हत्याको अभियोगमा ३ जना नेपालीलाइ त्यहाँकाे प्रहरीले पक्राउ गरेकाे छ। कुलाइ जिल्लाको इन्दाहपुरामा मंगलबार बिहान एक नेपालीको हत्या भएको अाराेपमा
    ती नेपालीलाइ प्रकाउ गरिएकाे मलेसियाली अखबार द स्टारले समाचार लेखेकाे छ।

    कुलाइ जिल्लाका प्रहरी प्रमुख टोक बेंग योका अनुसार पुलिसलाई एक व्यवसायिक प्रतिष्ठानको परिसरमा एक व्यक्ति अचेत अवस्थामा रहेको भन्दै मंगलबार बिहान ४ बजेर २० मिनेटमा फोन आएको थियो । टोक बेंगले भने, ‘शरीरको जाँच गर्दा पीडितको दाहिने आँखा र अनुहारमा चोटको निशान भेटिएको थियो र उनको मुखबाट रगत आइरहेको थियो।’



    घटनास्थलमा आएको मेडिकल टिमले उनको मृत्यु भइसकेको पुष्टि गरेपछि शवलाई पोस्टमार्टमका लागि सुल्तानाह अमिनाह अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु पेटमा कडा वस्तुले हिर्काएका कारण भएको उल्लेख छ । पुलिसले अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा मंगलबारकै दिन साढे ११ देखि साढे १२ बजेको समयमा तीन जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ । मृतक र पक्राउ परेका नेपालीहरुको पहिचान खुलाइएको छैन । पक्राउ परेकाहरु २३ वर्षदेखि ३७ वर्ष उमेरका छन् ।



    उनका अनुसार घटनास्थलबाट पुलिसले हत्याको लागि हतियारको रुपमा प्रयोग गरिएको हुन सक्ने कुनै वस्तु फेला पारेको छैन । पीडित कुनै झगडामा सरिक भएको र झगडाकै क्रममा उनको मृत्यु भएको हुन सक्ने भन्दै अनुसन्धान थालेकाे छ। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पनि घटनाबारे आफूले खवर पाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार