Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानन्यायाधीश जबराको इजलासमा एनसेल लाभकर मुद्दा

काठमाडौं । अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको एनसेलकाे मुद्दामा आज सुनुवाइ हुँदैछ ।

स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत पुगेको हो।

एनसेलको मुद्दा आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ।

२०७२ चैत २९ गते एनसेलको स्वामित्व (८० प्रतिशित) टेलिया सोनेराबाट आजियटामा सरेको थियो। स्वामित्व परिवर्तन हुँदा लाग्ने करस्वरूप ठूला करदाता कार्यालयले २०७७ पुस १० गते प्रारम्भिक कर निर्धारण गरेको थियो। यसको विरोधमा एनसेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

एनसेलका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमा अर्थ मन्त्रालय, ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ। आइतबार दर्ता भएको रिटको सोमबार सुनुवाइ तोकिएको थियो। सोमबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा समय अभावले हेर्न नभ्याइनेमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077