Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नौ लाख अवैध रकमसहित दुई जना पक्राउ

सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको बरियारपट्टी गाउँपालिका–२ का ४० वर्षीय मोहम्मद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स ८ प ९६१४ नम्बरको मोटरसाइकललाई जाँचका क्रममा स्रोत नखुलेको अवैध ९ लाख ३९ हजार ९ सय १५ नेपाली रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि पनि अवैध रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077