Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मापसे गरेर कुटपिट गर्दा आमाको हत्या, छोरा पक्राउ

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीलाई प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी बिमलले आमालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077