Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • रुकुम पूर्वका जिसस प्रमुख ओलीसहित ५ जना जुवाखालबाट पक्राउ

    रुकुम पूर्वका जिसस प्रमुख ओलीसहित ५ जना जुवाखालबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँच जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका सुभाष घर्ती मगर, पृथा उत्तरगंगा–१० का जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१ का कमल गिरीलाई रहेका छन् ।



    मुसीकोट नगरपालिका–१, रुकुम पश्चिमको पातुखोबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।



    उनीहरुको साथबाट २५ हजार २०० रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार