Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीले सर्वोच्चका चारजना न्यायाधीशलाई भेटेकै हुन त ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा सम्प्रेषण भएको समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा पनि कुरा उठाइयो।

सर्वोच्च अदालतमा बहस सकिँदै गर्दा आफूले रिट निवेदकका तर्फबाट केही कुरा राख्ने सांसद शशी श्रेष्ठले बताइन्।

उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेरिरहेका केही न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेट गरेको तथ्य सञ्चारमाध्यममार्फत बाहिर आएको बताइन्। ‘

तर सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै ‘संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटे’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनायो।

विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने मनसाय राखी सत्य, तथ्य, यथार्थ बुझ्दैनबुझी समाचार बनाएको भन्दै आपत्ति जनाइएको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077