Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई स्पष्टीकरण सोधिएको पत्र बालुवाटारमा

    प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई स्पष्टीकरण सोधिएको पत्र बालुवाटारमा

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् ।

    प्रचण्ड–नेपाल पक्षका एक नेताका अनुसार नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् ।



    संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।



    त्यही निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुगेका हुन् । पत्र बालुवाटारमा बुझाएर फर्किएको एक नेताले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार