Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ओलीको स्पष्टीकरणपछि माधव नेपाल पक्षका नेताले कस्तो जबाफ देलान् ?

    ओलीको स्पष्टीकरणपछि माधव नेपाल पक्षका नेताले कस्तो जबाफ देलान् ?

    के भनेर सोधिएको छ स्पष्टीकरण पत्रमा ?

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित चार नेतालाई ‘पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरिरहेको’ भन्दै त्यसको कारणसहित तीन स्पष्टीकरण दिन पत्र पठाएको छ ।

    स्पष्टीकरण सोधिएका नेतामा उपाध्यक्ष भीम रावल, सांसद सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसाल पनि छन् ।



    एमालेका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार नेताहरूका घरमा नै एमालेका कार्यालय सहयोगीले पत्र पुर्‍याएका हुन् ।



    स्पष्टीकरण सोधिएपछि पूर्वमहासचिव नेतासहित चार नेताहरूले कस्तो जबाफ देलान् भन्ने कुरालाई उत्सुकतापूर्वक हेरिएको छ।

    तीमध्येका एक नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्वेच्छाचारी ढङ्गले’ पार्टी सञ्चालन गरेर नेकपा एमालेभित्र विभाजनको रेखा कोरिरहेको प्रतिक्रिया दिएका छन् ।

    के भनेर सोधिएको छ स्पष्टीकरण पत्रमा ?

    शनिवार एमालेको केन्द्रीय समितिको बैठकले चार नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त बैठकमा माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र उनीहरूको पक्षमा भएका नेताहरू सहभागी थिएनन्।

    त्यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दिएको कारबाहीको चेतावनीलाई बेवास्ता गर्दै नेपाल र खनाल पक्षले राजधानीमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो।

    एमाले कार्यालय सचिव रिजालका अनुसार पार्टीको निर्णयबिना त्यस्तो गतिविधि गर्नुको कारणबारे चारै जना नेतालाई पठाइएको स्पष्टीकरण पत्रमा सोधिएको छ।

    उनले भने, ‘पार्टीभित्र समानान्तर समितिहरू बनाएको देखियो। उहाँहरूले समानान्तर कार्यक्रमहरू गर्नुभयो जुन पार्टीमा निर्णय भएको छैन। त्यही भएर किन यसो गरेको हो भनेर सोधिएको हो।’

    बिहीवार सकिएको असन्तुष्ट पक्षको भेलाले प्रधानमन्त्री ओलीले ‘आफ्नो गुटका सीमित व्यक्तिहरूबाहेक केन्द्रीय समितिका सदस्यहरूलाई जानकारी नगराई’ विधान संशोधन, केन्द्रीय समितिका पदाधिकारी हेरफेर र नयाँ सदस्यहरू मनोनयन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो। (बिबिसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार