Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, को-को बन्दैछन् मन्त्री ?

    बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, को-को बन्दैछन् मन्त्री ?

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहेको छ ।

    यस्तै, आजको बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।



    बैठकमा मन्त्रिपरिषद बिस्तारसहितका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।



    सरकार अहिले मात्रै ६ सदस्यीय छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् ।

    जसपाको आधिकारिकता विवाद सकिएका कारण सरकार बिस्तार हुने बताइएको छ । निर्वाचन आयोगले गत सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार