Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल समूहको स्थायी कमिटी बैठक जारी, ओलीले अध्यक्ष छाडे मात्रै एकता हुने

    नेपाल समूहको स्थायी कमिटी बैठक जारी, ओलीले अध्यक्ष छाडे मात्रै एकता हुने

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक भर्चुअल माध्यममा जारी रहेको नेपालनिकट एक नेताले जानकारी दिए।

    गत आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।



    संसदमा नेता नेपालसहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।



    यता, एमालेकै अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्यहरुको बैठक आजपनि बस्दै छ।  बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा अपरान्ह ३ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुरले तामाङले जानकारी दिए  । बैठक हिजो (मंगलबार) पनि बसेको थियो।

    हिजोको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पत्र पुगेको २४ घन्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशन दिएको छ।

    यस्तै, मंगलबारको बैठकमा  सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी गराएका थिए। पार्टीबाट नेपाल समूह छाडेर जाने अवस्था आएमा पर्ने प्रभावबारे समेत बैठकमा छलफल भएको थियो ।

    यसैगरी, हिजो साँझ बसेको नेपाल पक्षको छुट्टै बैठकले सकेसम्म पार्टी एकतामै जोड दिने तर नसकिने अवस्थामा विकल्प खोज्ने निर्णय गरेको र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग पनि नेपाल पक्षले राखेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार