Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ओलीले बोलाए एमाले स्थायी कमिटीको बैठक, यी हुन् मुख्य पाँच एजेण्डा

    ओलीले बोलाए एमाले स्थायी कमिटीको बैठक, यी हुन् मुख्य पाँच एजेण्डा

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाएका छन् ।

    बैठक बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



    सचिव तामाङका अनुसार बिहीबारको बैठकमा भर्खरै सम्पन्न विधान महाधिवेशनको समीक्षा, आगामी कात्तिक ६ गते हुने भनिएको वडा अधिवेशनको बारेमा छलफल हुने छ।



    त्यस्तै, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुने सचिव तामाङको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार