Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मंसिर १० देखि महाधिवेशन गर्ने एमालेको निर्णय, पार्टी ०७५ जेठ २ अघिकै अवस्थामा क्रियाशील हुने

    मंसिर १० देखि महाधिवेशन गर्ने एमालेको निर्णय, पार्टी ०७५ जेठ २ अघिकै अवस्थामा क्रियाशील हुने

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले आगामी मंसिर १० गतेदेखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।



    यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।



    यस्तै, प्रवक्ता ज्ञवालीका अनुसार बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हुने ज्ञवालीको भनाइ छ ।

    बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएका तर नेपालले पार्टी फुटाउँदा  ओलीतिर लागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार