Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमाले स्थायी कमिटीको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

    एमाले स्थायी कमिटीको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको स्थायी कमिटी बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ।

    केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार आज अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने भनिएको बैठक भोलि बिहानसम्मलाई स्थगित भएको हो ।



    बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने बताइएको थियो।



    एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची केन्द्रीय कमिटीमा पेश गर्नेछ ।

    करीव एक सय जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ । नेताहरुका अनुसार प्रस्ताव भएका नामहरू आजै अनुमोदन नभए अर्को बैठकले अनुमोदन गर्नेछ ।

    एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार