Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नारायणीको किनारमा गैंडाको मस्कट: काम छउन्जेल भाँडो, काम सकिएपछि ठाँडो !

    नारायणीको किनारमा गैंडाको मस्कट: काम छउन्जेल भाँडो, काम सकिएपछि ठाँडो !

    निर्मल लामिछाने
  • बिहिबार, २३ मंसिर २०७८
  • 2.1K
    SHARES

    चितवन । आजभोली चितवनस्थित नारायणी नदीको किनार पुग्नसाथ नेपाली मौलिक उखान दिमागमा फुरिहाल्छ ‘काम छउन्जेल भाँडो, काम सकिएपछि कुन्नी के ? (ठाँडो) भन्ने । यस उखान फुर्नुको कारण हो- नदी तिरमा टोलाई बसेको एक्लो निर्जीव गैंडाको मस्कट ।

    जुन मस्कट नेकपा एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको बेला तयार पारेको थियो । महाधिवेशनमा हजारौं नेता-कार्यकर्ताको माया र सद्भाव पाएको त्यो निर्जीव मस्कट यतिबेला भने नदी तिरको सिरेटोमा लुगलुग काम्दै उभिरहेको देखिन्छ



    महाधिवेशनको लोगोमा कम्युनिष्ट पार्टीको झण्डा निर्जीव गैंडालाई थमाएको एमालेले जुन दिन चितवन छोड्यो त्यही दिनदेखि मस्कटका एक्ला दिनहरु सुरु भए । हुन त महाधिवेशनपछि पनि एमाले नेताहरु चितवन नआएका भने होइनन् । दिनहुँजसो काठमाडौँबाट चितवन आवतजावत गरे पनि मस्कटसम्म पुग्न भने कसैले पनि भ्याएको देखिदैन।



    भरतपुर विमानस्थल ओर्लेर १७ किलोमिटर टाढा सौराहाको रिसोर्टसम्म पुग्न भ्याउने त्यही पार्टीका नेताहरु नजिकै रहेको मस्कटको स्थिति बुझ्न समेत जान खोज्दैनन् किन कि अब उसको काम सकियो । मस्कटको काम थियो महाधिवेशन प्रचाप्रसार गर्ने, कम्युनिष्ट पार्टीको झन्डा बोक्नेलगायतका । अहिले महाधिवेशन सकियो मस्कटको पनि काम सकियो !

    साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको मस्कटलाई यसरी बेवारिसे छाडेको देख्दा उही पुरानो उखान काम सकिएपछि कुन्नी के भन्ने आउछ फेरि !

    मस्कटलाई नदी किनारको उत्तरतर्फ पुछारमा राखिएको छ । नदी किनारमा पुग्ने पर्यटकहरू त्यहाँसम्म पुगेकै हुँदैनन् । कतिपयलाई त थाहा पनि छैन होला त्यो मुर्ति कहिले र कसले के का लागि बनायो भनेर ।

    कतिपयले त बर्खामा नारायणीमा आउने बाढीले मस्कट बगाएर लैजाने जोखिम पनि उत्तिकै रहेको बताउछन् । महाधिवेशन सकिएपछि मस्कटमा पार्टीको झण्डा निकालेर नेपालको झण्डा राखिएको छ ।

    यता, उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव आगामी २५ पुसदेखि ४ माघसम्म नारायणी नदीको किनारमै गर्दैछ। तर, महोत्सवको बन्दै गरेको संरचना हेर्दा मस्कट महोत्सवमा पुरै छोपिने देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार