Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले महाधिवेशनमा सहभागी हुन चितवन गएका भगलु सदाको मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा ल्याइयाे शव

    एमाले महाधिवेशनमा सहभागी हुन चितवन गएका भगलु सदाको मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा ल्याइयाे शव

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.7K
    SHARES

    सप्तरी । एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ । गाउँको नेताहरूसँग चितवन गएका उनको दुवै खुट्टा भाँचिएको अवस्थामा मृत्यु भएको थियो।

    पारिवारिक स्रोतका अनुसार भगलुको शव पाँच दिनपछि हिजो बेलुका घर ल्याइएको थियो । महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका स्थानीयहरुको भनाइ छ।



    ´दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले विराेध गरेपछि राेकियाे,’ उनका छिमेकीले भने ।



    पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

    भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार