Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले उपाध्यक्षमा अष्टलक्ष्मीले पाइन् सर्वाधिक मत, ओलीले प्रस्ताव गरेका सबै निर्वाचित

    एमाले उपाध्यक्षमा अष्टलक्ष्मीले पाइन् सर्वाधिक मत, ओलीले प्रस्ताव गरेका सबै निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् ।

    चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।



    उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पाैडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् ।



    तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् ।

    एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार