Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • घनश्‍यामलाई ओलीको जवाफ: मास्क खोल्नुस् भनेर पनि चिठी लेख्नुपर्छ र ?

    घनश्‍यामलाई ओलीको जवाफ: मास्क खोल्नुस् भनेर पनि चिठी लेख्नुपर्छ र ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीको जवाफ दिएका छन्।

    शुक्रबार ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा अध्यक्ष ओलीले भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए ।



    बैठकमा अध्यक्ष ओलीले भने, ‘युवराजजी (उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । मास्क खोल्नुस् भनेर चिठी लेख्नुपर्छ र?’



    बिहीबार उपमहासचिव भुसालले पार्टी अध्यक्ष ओलीलाई दशबुँदे जस्ताको त्यस्तै लागू गर्न आग्रह गर्दै पत्र लेखेका थिए । उनले पार्टीभित्र १० बुँदे सहमति लागू नगरेका कारण एमालेको डीएनएमाथि नै आक्रमण हुने स्थिति आएको भन्दै अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

    भुसाल कोरोना संक्रमितका कारण अहिले होम आइसोलेसनमा रहेका छन्।

    यस्तै, शुक्रबारको बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की परेको थियो। बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए ।

    यसैगरी, कार्यक्रममा रावलले प्रभु साहले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरुलाई ओलीले सपथ गराएको बिषयमा पनि आपत्ति जनाएकका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार