Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमाले केन्द्रीय कमिटी बैठक: ओली र रावलबीचको चर्काचर्कीलाई अष्टलक्ष्मीले रोकिन्

    एमाले केन्द्रीय कमिटी बैठक: ओली र रावलबीचको चर्काचर्कीलाई अष्टलक्ष्मीले रोकिन्

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की परेको छ।

    शुक्रबार ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए ।



    बैठकमा अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए ।



    जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए ।

    रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहरालगायतकाले उनीहरुलाई रोकेका थिए ।

    यस्तै, कार्यक्रममा रावलले प्रभु साहले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरुलाई ओलीले सपथ गराएको बिषयमा पनि आपत्ति जनाएकका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार