Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • च्यासलमा एमाले स्थायी कमिटी बैठक, यी हुन् एजेण्डा

    च्यासलमा एमाले स्थायी कमिटी बैठक, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । दशौँ राष्ट्रिय महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक अहिले जारी छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशन व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम, प्रतिनिधि छनोट, निर्वाचन अयोगको कामलगायतका विषयमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।



    एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।



    यसअघि सोमबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक मंगलबारका लागि सारिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार