Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले स्थायी कमिटी बैठक बस्दै, एजेण्डा के ?

    एमाले स्थायी कमिटी बैठक बस्दै, एजेण्डा के ?

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार तुल्सीलाल प्रतिष्ठान च्यासलमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो ।



    आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको उनले जानकारी दिए।



    यस्तै, संसद्मा एमालेको भूमिकालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । यस्तै बैठकमा १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ ।

    संसद बैठक भोलि असोज चार गते बस्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार