Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अन्तत : गठबन्धनबाट हात झिक्यो माधव पक्षले, सरकारमा नजाने घोषणा

    अन्तत : गठबन्धनबाट हात झिक्यो माधव पक्षले, सरकारमा नजाने घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा सहभागी नहुने बताएको छ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भएको नेपाल पक्षले यस्तो बताएको हो।



    बैठकमा सहभागी नेपाल पक्षका नेता डा. विजय पौडेलका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ डा. पौडेलले भने ।



    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सहभागी थिए भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी रहेका थिए।

    यस्तै, आजको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको छ भने सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ ।

    सरकार अहिले मात्रै ६ सदस्यीय छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार