Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ओलीले डाकेको महाधिबेशन आयोजक कमिटीको बैठकमा नेपाल पक्ष नजाने

    ओलीले डाकेको महाधिबेशन आयोजक कमिटीको बैठकमा नेपाल पक्ष नजाने

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १६ गते बोलाएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ ।

    पछिल्लो समय पार्टीभित्र एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर अध्यक्ष ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको भन्दै नेपाल पक्ष सहभागी नहुने भएको स्रोतले बताएको छ।



    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले आफु पक्षीय स्थायी समिति बैठक बोलाएर आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका थिए ।



    स्रोतका अनुसार आयोजक कमिटीलाई सर्वोच्चले नै मान्यता नदिएको अवस्थामा त्यस्तो कमिटीको बैठक बोलाउनुको औचित्य समेत नरहेको नेपाल पक्षले निष्कर्ष निकालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार