Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • माओवादी केन्द्रद्धारा केन्द्रीय कमिटी घोषणा, महाधिवेशन सकियो

    माओवादी केन्द्रद्धारा केन्द्रीय कमिटी घोषणा, महाधिवेशन सकियो

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रस्ताव आइतबार बेलुकी बन्दसत्रबाट पारित भएको हो ।

    केन्द्रीय सदस्यहरुको महाधिवेशन हलबाट पारितसँगै माओवादीको महाधिवेशन सकिएको छ ।



    हलमा अध्यक्ष मण्डलको तर्फबाट कृष्णबहादुर महराले बन्दसत्र सकिएको र सबैलाई धन्यवाद दिएका छन् । उनका अनुसार नवनिर्वाचित घोषित केन्द्रीय समितिको सोमबार बैठक बस्ने छ । उक्त बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने उनले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी २९९ सदस्यीय रहेको छ ।



    हलबाट दाहालले ८० बाँकी अन्य केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका थिए । माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार