Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • विवेकशील साझाको महाधिवेशन भोलि सुरु हुँदै

    विवेकशील साझाको महाधिवेशन भोलि सुरु हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 510
    SHARES

    फाइल फोटो

    काठमाडौं । विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पुरा भएको छ।

    काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गरिने महाधिवेशनको तयारी पुरा भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।



    उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।



    महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ। विवेकशील साझाले राप्रपालाई पनि महाधिवेशनका लागि निम्तो नदिइएको जनाएको छ।

    महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार