Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विवेकशील साझा पार्टीले थप्यो १४ जना केन्द्रीय सदस्य

    विवेकशील साझा पार्टीले थप्यो १४ जना केन्द्रीय सदस्य

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 549
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीले १४ जना केन्द्रीय सदस्य थप गरेको छ ।

    शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट १४ जना केन्द्रीय सदस्य थप गरेको हो ।



    जसमा बागमती प्रदेशका तर्फबाट भक्तपुरका सुरज प्रधान र काठमाडौंका सुरेन्द्र रानाभाट केन्द्रीय समिति सदस्यमा सर्वसम्मत चयन भएका छन् ।



    पार्टीको विधानको २२/१ बमोजिम पार्टीमा निरन्तर कृयाशीलता, समावेशिता, भुगोल र प्रतिवद्धता जस्ता मापदण्डको आधारमा अगुवाहरूलाई केन्द्रीय समिति सदस्यमा सर्वसम्मत मनोनय गरेको हो ।

    यसैगरी नवराज थापा (गोरखा), जनप्रतिनिधिसमेत रहेका रुस्तम अन्सारी (बारा), सूर्यदीप रेग्मी ‘दीपक’ (कर्णाली), चक्र न्यौपाने (ज्येष्ठ नागरिक÷काठमाडौं), निर्जला कक्षपती (महिला), हरिश भट्ट (सुदूरपश्चिम), धनेज थापा (उमेदवार/काठमाडौं) छन्।

    यसैगरी सरोज गौतम (युवा÷गण्डकी), मिलन परियार (ललितपुर), निरन्जन चापागाईं (काठमाडौं), शिशिर बन्जारा ( युवा/गण्डकी) र चन्द्र श्रेष्ठ (महिला) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ ।

    १४ जना थप गरिएसँगै पार्टीको केन्द्रीय समिति ६५ सदस्यीय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार