Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विवेकशील साझा पार्टीको कार्यालयमा ग्रेटर नेपालको नक्सा

    विवेकशील साझा पार्टीको कार्यालयमा ग्रेटर नेपालको नक्सा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 837
    SHARES

    काठमाडौं । विवेकशील साझापार्टीले पार्टी कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ।

    शुक्रबार पार्टी कार्यालय बखुन्डोलमा ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक कार्यक्रम राखेर ग्रेटर नेपालको नक्सा राखिएको हो।



    पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान चलाउने जनाएको छ ।पार्टी अध्यक्ष समीक्षा बाँसकोटाले राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरबार, सेनाको मुख्यालय लगायतमा ग्रेटर नेपालको नक्सा राख्न दबाब दिने बताईन् ।



    भारतले नवनिर्मित संसद भवनमा नेपालको पश्चिमी क्षेत्रको भूभाग समेटेर ‘अखण्ड भारत’को नाम दिएर नक्सा राख्दा नेपालका कपिलबस्तु र लुम्बिनी समेटिएको विरोधमा नेपालमा पनि सुगौली सन्धी अगाडिको भूमि समेटिएको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार