Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ७० करोड ठगी मुद्दामा कम्पनी रजिस्ट्रारका हाकिमको चलखेल

    ७० करोड ठगी मुद्दामा कम्पनी रजिस्ट्रारका हाकिमको चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले दुई वर्षअघि अनुसन्धान गरेको एक मुद्दामा ठूलो चलखेल भएको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारी जोगाउन एक मुख्य व्यक्तिलाई मुद्दा नै नचलाइएको छानबिनबाट खुलेको हो ।

    भारतीय व्यापारी रामनिरञ्जन जटियाको कम्पनीको शेयर खरिदबिक्रिमामा कीर्ते कागजपत्र प्रयोग गरिएको थियो । उनकै कर्मचारी जीतबहादुर मगरको नाममा कम्पनीको शेयर बिक्रि गरिएको थियो । त्यसको पछाडी निरज मानन्धर र राजन लम्साल थिए । उनीहरुले नै जीतबहादुरलाई प्रयोग गरी उनको सम्पत्ति हत्याउने प्रयास गरेका थिए ।



    यो गिरोहका अर्का प्रमुख पात्र थिए प्रकाश विक्रम मिश्र । तर, उनलाई सिआइबीले रहस्यमय रुपमा उन्मुक्ति दिएको पाइएको छ । स्रोतका अनुसार भारतीय नागरिक जटियाको वारेसनाकाका रुपमा उनले नै कम्पनी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । तर उनको प्रष्ट ठेगाना नखुलेको भन्दै मुद्दा चलाइएन । जबकी कम्पनी रजिष्ट्रारमा बुझाइएको निवेदनमा उनको नागरिकताको प्रतिलिपी समेत छ ।



    राजन लम्साल र मानन्धरले कम्पनी रजिष्ट्रारका कार्यालयका कर्मचारीलाई चिन्दैनन् । उनै मिश्रले कर्मचारीमा सेटिङ मिलाएका थिए । मिश्रलाई भगाएर कर्मचारीलाई जोगाउन उनलाई मुद्दा नचलाइएको स्रोत बताउँछ । जसकारण यतीबेला यो विषयमा अदालतमा समेत प्रश्न उठेको छ । सो मुद्दामा कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीहरु गंगाधर पौडेल, धर्मराज रोकाय, उमेशमान जोशी, नारायणप्रसाद पोखरेल, पुष्पकला राई, आशिष महर्जनलाई समेत मुद्दा चलेको थियो ।

    सो मुद्दामा हाल अदालतले कम्पनी रजिष्ट्रारको कार्यालयसँग जवाफ माग गरेको छ । जसमा केही दिनअघि गंगाधर र धर्मराजले आफुलाई मात्र जोगाउने गरी पत्र तयार पारेको खुलेपछि अख्तियारले समेत त्यसमा छानबिन सुरू गरेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार