Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • ह्वाइटहाउसमा आज बाइडनको प्रवेश यसरी हुँदैछ

    ह्वाइटहाउसमा आज बाइडनको प्रवेश यसरी हुँदैछ

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.3K
    SHARES

    वासिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले बुधबार (आज) शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।

    शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ। यो संख्या अफगानिस्‍तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो।



    केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथग्रहण समारोहअगाडि हिंसा हुन सक्ने बताउँदै आएको छ।



    अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको छ। ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ। सबै राज्यका संसद् भवनमा सुरक्षा सतर्क राखिएको छ।

    वासिङटन डीसीका मेयर मुरियल बाउजरले अन्तर्वार्तामा भने, ‘प्रहरी विभागले संघीय संस्था र अमेरिकी सेनासँग मिलेर काम गरिरहेको छ। कुनै पनि खालको आक्रमणसँग जुध्न तयार छौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार