Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

संसद पुनःस्थापनाको सम्भावना छैन : विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले संसद पुनःस्थापनाको सम्भावना नरहेको दाबी गरेका छन् ।

बिहीबार ओली निकट प्रेस संगठन नेपालले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महासचिव पौडलले संसद पुनःस्थापनाको सम्भावना नरहेको तर सर्वोच्चले गर्ने निर्णयलाई आफूहरुले स्वीकार्ने बताए ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले तोकिएको समयमा चुनावमा हुने समेत दाबी गरे। आगामी वैशाख १७ र २७ गते नै प्रतिनिधि सभाको चुनाव हुन्छ। त्यसका लागि सरकारी निकायले तयारी थालिसकेका छन्। कोही–कोहीले चुनाव हुँदैन भनेर भ्रम छरिरहेका छन्। तर, तपाईंहरु ढुक्क हुनुहोस् चुनाव हुन्छ,’ उनले भने।

अर्को प्रसंगमा उनले पार्टी एकता जोगाइरहन आफूहरुले धेरै प्रयास गरेपनि अर्को पक्षले नमानेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077