Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

केपी ओलीलाई साधारण सदस्यबाट पनि हटाइएको छ : माधव नेपाल

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत आजै निष्कासन गर्ने घोषणा गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने घोषणा गरेका हुन् ।

‘तीन दिन अगाडि बालुवाटारमा चिठ्ठी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठ्ठी लेखेर नेकपाको साधारण सदस्य समेत नरहने गरी ओलीलाई निष्कासन गर्दैछौँ,’ उनले भने, ‘केपी ओली २०७१ देखि पूर्व एमालेमा पनि घाँडै थिए, पार्टी एकीकरणपछि पनि घाँडै भए, आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

अध्यक्ष नेपालले तत्कालीन नेकपाको बहुमत आफूसँग रहेको बताउँदै आफूहरु आधिकारिक भएको दावी गरेका छन् । उनले बहुमत सदस्यले ओलीलाई गर्ने कारबाही वैधानिक हुने समेत दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077