Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक इजलासमा वकिलहरुबीच भनाभन

काठमाडौं । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आइतबार संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको हो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभनको स्थिति देखिएको हो । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो ।

श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यसबारे बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारकी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे ।

त्यस क्रममा दुवै पक्षबीच भनाभान जस्तो भएको थियो । इजलाशले पछि समय दिने भनेपछि श्रेष्ठ पछि हटे । सरकारकी वकिलहरु पनि आ(आफ्नो स्थानमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077