Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके पक्राउ

काठमाडाैँ । विश्वकै सबैभन्दा ठूला लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ परेका छन्।

द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ पुर्जीका आधारमा चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लप पक्राउ परेका हुन्।

सोलाई ’द कम्पनी’का प्रमुख भएको मानिन्छ । उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ ।

संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने सोलाई एम्स्टर्डामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरिएको हो। अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्दा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ। अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) देशमा भित्रिने कुल लागुऔषधिमध्ये करिब ७० प्रतिशत साम गोर सिन्डिकेट पनि भनेर चिनिने द कम्पनीबाट आउने विश्वास गर्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077