Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले राज्यको स्रोत दोहन गर्दै पञ्चर्‍याली गर्न लागेको माधव नेपालको आरोप

फिदिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली गुटले काठमाडौंमा पञ्चर्‍यालीको तयारी गरिरहेको बताएका छन् ।

नेकपा पाँचथरले गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न फिदिम पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केपी गुटले काठमाडौंमा माघ २३ गते गर्न लागेको प्रदर्शनलाई पञ्चर्‍यालीको संज्ञा दिएका हुन् ।

‘पञ्चायतकालमा पञ्चेले राज्यको स्रोत दोहन गर्दै आफ्नो पक्षमा जनमास देखाउने प्रयत्न गर्थे,’ नेपालले भने, ‘ओली अहिले त्यही बाटोमा छन् । सरकारी ढुकुटिको दुरुपयोग गरेर २३ गते पञ्चर्‍याली गर्ने धाँक दिइरहेका छन् ।’

आफूहरुको विरोध प्रदर्शनमा जनताको बढ्दो सहभागिता देखेर आत्तिएका ओलीले पञ्चर्‍यालीको तयारी गरेको आरोप छ । तर, जनताले साथ नदिएपछि पञ्चर्‍यालीको कुनै अर्थ नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077