Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शहीदका सपनालाई मूर्तरुप दिन चौतर्फी अभियान चलाएका छौं : प्रधानमन्त्री

    शहीदका सपनालाई मूर्तरुप दिन चौतर्फी अभियान चलाएका छौं : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.1K
    SHARES

    काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन्।

    शहीद दिवसको अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं ।’



    जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको प्रधानमन्त्रीको भनाई छ ।



    सन्देशमा प्रधानमन्त्रीले भनेका छन्–‘स्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ । हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ। हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो।’

    जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको प्रधानमन्त्रीको भनाइ छ।

    जहानियाँ शासनविरुद्ध आवाज उठाउँदा तत्कालीन राणा सरकारले १९७७ माघ १० देखि १६ गतेसम्ममा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको हत्या गर्‍यो ।

    उनीहरूसँगै आवाज उठाएका टंकप्रसाद आचार्य र रामहरि शर्मालाई भने ब्राह्मण मार्दा पाप लाग्छ भनेर छाडियो ।

    राणाहरूले छाडिदिएका तिनै ‘जिउँदा सहिद’ आचार्यले २०१२ सालमा प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद्‍बाट निर्णय गराएर माघ १६ गते ‘सहिद दिवस’ का रूपमा मनाउने घोषणा गरे ।

    त्यसपछि हरेक वर्ष लोकतन्त्र र नागरिक अधिकारका लागि प्राण आहुति दिनेहरूका नाममा सहिद दिवस मनाइन्छ ।

    विसं २००७ मा १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार