Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शहीदको सम्झनामा प्रभातफेरीसहितको कार्यक्रम, प्रधानमन्त्री सहभागी

    शहीदको सम्झनामा प्रभातफेरीसहितको कार्यक्रम, प्रधानमन्त्री सहभागी

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । शहीद दिवसका अवसरमा शुक्रबार काठमाडौंमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट शहीदका तस्बिर अंकित बग्गीसहित शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म प्रभातफेरी गरिएको हो ।



    सहिदको सम्मानमा सेना र प्रहरीले पनि मार्चपास गरेका छन् ।



    प्रभातफेरीपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत उपस्थित भई सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    जहानियाँ शासनविरुद्ध आवाज उठाउँदा तत्कालीन राणा सरकारले १९७७ माघ १० देखि १६ गतेसम्ममा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको हत्या गर्‍यो ।

    उनीहरूसँगै आवाज उठाएका टंकप्रसाद आचार्य र रामहरि शर्मालाई भने ब्राह्मण मार्दा पाप लाग्छ भनेर छाडियो ।

    राणाहरूले छाडिदिएका तिनै ‘जिउँदा सहिद’ आचार्यले २०१२ सालमा प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद्‍बाट निर्णय गराएर माघ १६ गते ‘शहीद दिवस’ का रूपमा मनाउने घोषणा गरे ।

    त्यसपछि हरेक वर्ष लोकतन्त्र र नागरिक अधिकारका लागि प्राण आहुति दिनेहरूका नाममा शहीद दिवस मनाइन्छ ।

    विसं २००७ मा १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार