Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आयोग पुगेर ओली समूहले भन्यो – दल दर्ता प्रकृया अगाडि बढाउनुहोस्

    आयोग पुगेर ओली समूहले भन्यो – दल दर्ता प्रकृया अगाडि बढाउनुहोस्

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

    आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको भएपनि प्रचण्ड–माधव समूह भने १८ गते अगाडि नभ्याउने भन्दै पत्र बुझाएर फर्किएको थियो ।



    प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ ।



    यता, आयोगको कार्यालय पुगेका ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

    सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताए ।

    नेता नेम्वाङले आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार